site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुनरागमन जितसहित रियाल शीर्ष स्थानमा 

काठमाडौं । भियारियालविरुद्ध उसैको मैदानमा पुनरागमन जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति एल माड्रिगलमा भएको खेलमा रियालले घरेलु टिमविरुद्ध २–१ को जित निकालेको हो । रियालको जितमा दुवै गोल किलियन एमबाप्पेले गरे ।

खेलमा सुरुआती अग्रता भने भियारियालले बनाएको थियो । सातौँ मिनेटमा जुआन फोयथले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । तर, भियारियालको यो अग्रता लामो समय टिक्न भने सकेन । 

१७औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि पुनः एमबाप्पेले नै बललाई जाली चुमाएपछि रियालले २–१ को पुनरागमन जित निकालेको हो । 

जितसँगै २८ खेलबाट ६० अंकसहित रियाल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५७ अंक छ । तर, बार्सिलोनाले रियालभन्दा दुई खेल कम खेलेको छ । 

तालिकाको पाँचौँ स्थानमा रहेको भियारियालले भने २७ खेलबाट ४४ अंक जोडेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro