site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुटिनसँग अमेरिकी विशेष दूतको कुराकानीमा ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको ‘राम्रो र सकारात्मक’ कुराकानी भएको बताएका छन् । उनले युद्ध छिट्टै अन्त्य हुने आशा पनि व्यक्त गरे ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा रूसी सेनाले घेरिएका हजारौँ युक्रेनी सैनिकको ज्यान जोगाउनुपर्ने लेखेका छन् ।

उनले लेखेका छन्, "हामीले रूसी राष्ट्रपति भ्लादिमिरसँग हिजो राम्रो कुराकानी गरेका थियौँ र यो युद्ध छिट्टै अन्त्य हुने प्रबल सम्भावना छ ।"

उनले यो पनि भने, "तर, यस क्षणमा, हजारौँ युक्रेनी सैनिकहरू एकदमै खराब र कमजोर अवस्थामा छन्, पूर्ण रूपमा रूसी सेनाले घेरिएको छ । मैले राष्ट्रपति पुटिनलाई उनीहरूको जीवन बचाउन आग्रह गरेको छु । यो एक भयानक नरसंहार हुनेछ, जसको जस्तो दोस्रो विश्वयुद्धपछि देखिएन ।"

रूस र युक्रेनबीच विगत तीन वर्षदेखि युद्ध चलिरहेको छ । अमेरिकाले दुई देशबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro