-1741862618.jpg)
काठमाडौं । रंगहरूको पर्व होली बिहीबार देशका पहाडी जिल्लाहरूमा हर्षोल्लासका मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ ।
हिन्दु संस्कृतिअनुसार होलीको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादसँग जोडिएको होली हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएको पौराणिक कथन छ ।
त्यसैले होली खेल्ने दिनको अघिल्लो रात होलीका दहन गरिन्छ । होलीका दहन पछि बिहानै देखि विभिन्न रंगका अविर आपसमा स्नेहका साथ लगाएर होली खेल्ने गरिन्छ ।
होली पर्व काठमाडौं र ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ ।
तस्बिरहरू हेर्नेहोस्