
काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्धको खेल वर्षाका कारण रद्द भएसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ समीकरणबाट बाहिरिने तेस्रो टोली बनेको छ । चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स यसअघि क्रमशः प्लेअफ समीकरणबाट बाहिरिएका थिए ।
हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार (अप्रिल ५) खेलको दोस्रो इनिङ वर्षाका कारण सम्भव भएन । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३३ रन बनाएको थियो ।
दिल्लीका ट्रिस्टन स्टब्सले अविजित ४१ रन जोडे । आशुतोष शर्माले ४१, विपराज निगमले १८ र केएल राहुलले १० रन बनाए ।
हैदराबादका कप्तान प्याट कमिन्सले तीन तथा जयदेव उन्नदकट, हर्षल पटेल र इशान मालिंगाले समान एक विकेट लिए ।
योसँगै दिल्ली ११ खेलबाट १३ अंकका साथ पाँचौँ स्थानमा छ । दिल्लीको प्लेअफ सम्भावना जीवितै छ । हैदराबाद समान खेलबाट सात अंकसहित आठौँ स्थानमा छ ।