site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादीहरूको प्रदर्शनबारे देउवा : आत्तिनुपर्ने कारण छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा आइतबार भएको राजावादीहरूको प्रदर्शन कुनै अद्भुत नभएको बताएका छन् । सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो प्रतिक्रिया दिएका हुन् ।

उनले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको उल्लेख गरे । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको थाहा नरहेको बताए ।

सभापति देउवाले दुई ठूला राजनीतिक दलहरूको सरकार अहिले रहेको र यो ०८४ सम्मै चल्ने दाबी गरे । "कहाँ अद्भुत भएको छ, केही भएकै छैन । समसामयिक अवस्था ठिक छ । दुई वटा ठूला पार्टी सरकारमा छन् । राम्रोसँग चलेको छ । सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ । हामी भोट पाएको मान्छे हो," देउवाले भने ।  

 

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro