site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा सांसदले फेरि गरे वेल घेराउ
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले बिहीबार (असार ५) पनि प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । बैठक सुरु हुनसाथ उनीहरू सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका हुन् ।

रास्वपा सांसद हरि ढकालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन (विरोध) जारी रहने बताए । भिजिट भिसा प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपा सांसदले केही दिनयता विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्