site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल शिक्षक महासंघले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

काठमाडौं । नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । 

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उदेश्यले थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन २७ देखि चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले जनाएको छ ।

त्यस्तै, चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघ अध्यक्ष सुवेदीले जनाए । उनले सरकारसँग कुनै नयाँ सहमति नगर्ने भन्दै यसअघि भएका सहमति कार्यान्वयन हुनुपर्ने स्पष्ट पारे ।

महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी समेत दिएका छन् । आन्दोलन अवधिभर सवै सरकारी कामकाज समेत बहिष्कार गर्ने महासंघले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro