site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
फ्युजमेसिन्स एआई फेलोसिप २०२५ को आवेदन खुला, निःशुल्क ६ महिने कोर्स

काठमाडौं । अमेरिकामा आधारित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी फ्युजमेसिन्सले नेपालमा फेलोसिप खुला गरेको छ । विभिन्न क्षेत्रका निम्ति एआई उत्पादन एवं सेवा उपलब्ध गराउँदै आएको फ्युजमेसिन्स दशकभन्दा बढी पुरानो कम्पनी हो ।

नेपाली मूलका उद्यमी डा. समीर मास्केको एआई कम्पनीले नेपालमा ‘फ्युजमेसिन्स एआई फेलोसिप २०२५’ का निम्ति आवेदन खुला गरेको हो । यो फेलोसिप अनलाइनबाट पढाइने ६ महिने डाइनामिक एआई कोर्स हो ।

विश्वभरका अग्रज एआईविज्ञले डिजाइन गरेको कोर्सबाट एआई प्रोफेसनलको सीप बढाउने, व्यावहारिक अनुभव प्रदान गर्ने र एआई उपकरणको वास्तविक अनुभव गराउने लक्ष्य राखिएको छ ।

प्रविधिको विकास र बजारको बढ्दो आवश्यकताअनुसार यो कोर्स हरेक वर्ष अपडेट गरिने फ्युजमेसिन्सले जनाएको छ ।

पूर्ण छात्रवृत्ति, माइक्रोडिग्री मात्र नभएर यो फेलोसिपले विश्वभरका प्रमुख कम्पनीमा एआईका क्षेत्रमा अवसर खुला गर्ने कम्पनीले जनाएको छ ।

यो कोर्समा जेनेरेटिभ एआई, मेसिन लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्यांग्वेज प्रोसेसिङ, न्युरल नेटवर्क एवं डिप लर्निङ र एमएलओपीएस समावेश छ ।

आवेदन दिनेहरूले इन्ट्रान्स पास गरेपछि फेलोसिप कार्यक्रममा सहभागी हुन पाउनेछन् । यसका निम्ति पाइथन कोडिङ ल्यांग्वेज, अल्जेब्रा, क्याल्कुलस, प्रोब्याब्लिटी र स्टेटिस्टिक्सलगायत आवश्यक छ ।

फेलोसिपका निम्ति अनलाइन आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro