site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्य प्रशिक्षक फ्लिक भन्छन्– टिमको प्रदर्शनप्रति गौरवान्वित छु

काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक हेन्सी फ्लिकले टिमको मिहिनेत देखेर आफू गौरवान्वित भएको बताएका छन् । बुधबार १० खेलाडीमा सीमित भए पनि बेन्फिकालाई हराएपछि मुख्य प्रशिक्षक फ्लिकले स्पेनिस मिहिनेत देखेर गर्व महसुस भएको बताएका हुन् ।

पोर्चुगलको लिस्वनमा भएको उक्त खेलको २२औँ मिनेटमा रक्षक पाउ कुबार्सीले रातो कार्डको दर्शन गरेपछि पाहुना टिम पहिलो हाफमै दश खेलाडीमा सीमित बनेको थियो ।

“यो एकदम ठूलो जित हो । हाम्रो जित मात्र होइन हामीले जित हासिल गर्नलाई गरेको मिहिनेत नै रोमाञ्चक छ । टिमले राम्ररी रक्षा गर्यो । यो निकै महत्वपूर्ण छ,” उनले जितपछि भने, “पहिलो हाफमा नै एकजना खेलाडी कम हुँदा पनि हामीले खेलमा नियन्त्रण राख्यौँ । त्यो सहज थिएन । हामीले दोस्रो लेग खेल्नै बाँकी छ । बेन्फिका राम्रो टिम हो ।”

बुधबार दश खेलाडीमा सीमित बार्सिलोनाले च्याम्पियन लिग अन्तिम–१६ को पहिलो लेगमा बेन्फिकाविरुद्ध १–० को जित निकालेको थियो । बार्सिलोनाको जितमा राफिन्हा निर्णायक बनेका थिए । खेलको ६१औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाएका थिए ।

यी दुई टिमबीचको दोस्रो लेग मार्च ११ मा बार्सिलोनाको मैदानमा हुने तालिका छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro