site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अमेरिकामा १०० अर्ब डलर लगानी गर्दै ताइवानको सेमिकन्डक्टर निर्माता

काठमाडौं । ताइवानको सेमिकन्डरक्टर निर्माता कम्पनी टीएसएमसीले अमेरिकामा १०० अर्ब अमेरिकी डलर लगानीको घोषणा गरेको छ । कम्पनीका सीईओ सीसी वेईले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा योजना सार्वजनिक गरेका हुन् ।

यो लगानीले आउँदा वर्षमा अमेरिकामा पाँच चिप कारखाना खोलिनेछ । “हामीलाई चाहिने चिप र सेमिकन्डक्टर यहाँ उत्पादन गर्न सक्षम हुनुपर्छ, यो राष्ट्रिय सुरक्षाको कुरा हो,” ट्रम्पले योजना सार्वजनिक गर्ने क्रममा भने ।

स्थानीय बजारमै उत्पादन भएपछि अमेरिका चिपका निम्ति एसियामा कम निर्भर हुनेछ । हाल ताइवानको टीएसएमसी विश्वकै ठूलो चिप निर्माता कम्पनी हो ।

त्यसबाट आउँदा चार वर्षमा कन्स्ट्रक्सन क्षेत्रमा ४० हजार रोगजारी सिर्जना हुने कम्पनीले जनाएको छ । रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro