site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भन्सार क्षेत्रमा नै तौलपुल राख्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भन्सार क्षेत्रमा नै तौलपुल राख्ने तयारी भइरहेको जानकारी दिएका छन् । 

सोमबार सिंहदरबारमा यातायात व्यवसायीको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री दाहालले भारतबाट नेपाल भित्रिने मालवाहक सवारीको भारवहन मापन गर्न भन्सार क्षेत्रमा नै तौलपुल राख्ने तयारी भइरहेको जानकारी दिए । 

यातायात व्यवसायीले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्नेलगायत आठबुँदे मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

मन्त्री दाहालले यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, उद्योग र अर्थ मन्त्रालयबीच छिटै छलफल हुने बताए । उनले देशभर रहेका १२ वटा तौलपुललाई केन्द्रीय डाटा प्रणालीमा जोडिने जानकारी दिए । 

भारवहन सीमा उल्लंघन हुँदा पुल र सडकमा क्षति पुग्ने भएकाले कडाइका साथ लागु गर्ने र देशका अन्य आवश्यक स्थानमा समेत प्रविधिमैत्री तौलपुल जडान गर्ने प्रतिबद्धता जनाए । 

भारवहनसम्बन्धी कार्यविधिमा रहेका विषय लागु नभएको भन्दै उनले यसलाई बाध्यात्मक रूपमा लागु गराइने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro