site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
मनाइयो सहारा अस्ट्रेलियाको १०औँ वार्षिकोत्सव

काठमाडौं । नेपालस्थित सहारा क्लबको अस्ट्रेलिया शाखा सहारा अस्ट्रेलियाले सिड्नीमा १०औँ वार्षिकोत्सव मनाएको छ । सिड्नीको टेम्पे पार्कमा आयोजित वार्षिकोत्सव समारोहमा क्लबका संस्थापक स्वर्गीय राजमान थकालीको योगदानको सम्झना गरिएको थियो ।

सहारा क्लबलाई अस्ट्रेलिया भित्र्याएको १०औँ वर्ष पुगेको अवसरमा सहारा अस्ट्रेलियाको लोगो तथा आगामी सहारा कप फुटबलको मिति पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सिद्धार्थ पौडेलले यस वर्षको सहारा कप आउँदो १७ अगस्टदेखि १४ सेप्टेम्बरसम्म राइडलमेर पार्कमा आयोजना गर्ने तय भएको जानकारी दिए । क्लबको नयाँ जर्सी र लोगो अध्यक्ष पौडेलले नै सार्वजनिक गरेका थिए ।

उनले पोखरेली माझ लोकप्रिय रहेको सहारा क्लबको अस्ट्रेलिया शाखा पनि फुटबल र सामाजिक कार्यमा अग्रसर रहेको बताए । "क्लबका संस्थापक स्वर्गीय राजमान थकालीको सपनालाई हामी खेर जाने दिने छैनौँ," अध्यक्ष पौडेलले भने ।

कार्यक्रममा एनआरएन न्यू साउथ वेल्सका सचिव कल्याण खड्काले सहारा क्लबले अस्ट्रेलियामा आफ्नो अलग पहिचान बनाउन सफल भएको बताए । "सहारा अस्ट्रेलियाले यसको नामअनुरूप काम गरेको छ । यसमा सबै फुटबलप्रेमीले गर्व महसुस गर्नुपर्छ," उनले भने ।

संस्थाकी महासचिव जेशिका तामाङले क्लबको जर्सी बिक्री गरेर आर्थिक संकलन गरिएको जानकारी गराइन् ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्ष नन्द गुरुङ, समदायका नेता हेउपती गुरुङ, एन्फा अस्ट्रेलियाका अध्यक्ष विजय राउतलगायतले सहाराको सफलताको शुभकामना दिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro