site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गेशले एउटै कार्यक्रमबाट लिन्छन् साढे दुई लाख पारिश्रमिक

काठमाडौं । पछिल्लो समय गायक तथा पफर्मर दुर्गेश थापा स्टेज कार्यक्रममा व्यस्तमध्येका एक कलाकार हुन् । उनी हरेक दिनजसो स्टेज कार्यक्रम गरिरहेका हुन्छन् । 

‘दुस्मन हेरेको हेरै’ गीत चर्चित भएपछि उनी प्रत्येक दिन स्टेज कार्यक्रम गरिरहेका छन् । यो गीतमा १० लाखभन्दा धेरै टिकटक बनिसकेको दुर्गेश स्वयं बताउँछन् । 

टिकटकमा हिट हुँदा यो गीत लोकप्रिय बन्यो । त्यसैले पनि उनको ‘डिमान्ड’ स्टेज कार्यक्रममा बढ्यो । 

त्यसो त यसअघिका वर्षमा पनि सिजनमा उनी बाक्लै स्टेज कार्यक्रम गर्दै आएका थिए । 

दुबईमा कार्यक्रम गरेर यही फागुन ६ गते काठमाडौं फर्किएयता २५ वटा कार्यक्रम तय भइसकेको उनी बताउँछन् । कार्यक्रमको यो तालिकाले उनी व्यस्त रहेको देखाउँछन् । 

पारिश्रमिक चाहिँ कति लिन्छन् ? दुर्गेश यसबारे खुलेर कुरा गर्न चाहँदैनन् । तर, उनी निकट स्रोतका अनुसार दुर्गेश प्रतिस्टेज कार्यक्रम दुईदेखि साढे दुई लाख रुपैयाँ पारिश्रमिक लिन्छन् । यति पारिश्रमिक लिँदा पनि उनी महिना दिन पछिसम्मका कार्यक्रम लिएर बसेका हुन्छन् । 

“पारिश्रमिक कति लिन्छु, त्यो त भन्दा राम्रो नहोला । तर, यति चाहिँ भन्छु, कार्यक्रमको प्रकृति र आयोजक हेरेर पारिश्रमिक निर्धारण हुन्छु,” दुर्गेश बाह्रखरीसँग भन्छन्, “सामाजिक सहयोगका लागि अथवा स्कुलका लागि आयोजना गरिएको कार्यक्रम छ भने मिनिमम् रकम लिएर पनि गइरहेको हुन्छु ।” 

दुर्गेशको ‘दुस्मन हेरेको हेरै’ अहिले उनीमात्रै होइन समीक्षा अधिकारी र एलिना चौहानले पनि धैरै गाउने गीत हो । यसमा समीक्षा र एलिनाको पनि स्वर छ । आनन्द अधिकारीले पनि यो गीतको मुखडा गाएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro