कला

काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द रहेको गीत ‘दुःख सुनाएर के काम...’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको आवाज छ ।
गीत नमस्ते नेपाल डिजिटल स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतकार खतिवडाका यसअघि दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् । उनले गीतसँगै कविता तथा समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १४:०३
प्रतिक्रिया दिनुहोस्