site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हेलिकोप्टर चढेर कार्यक्रममा जाँदै दुर्गेश, खर्च कसले व्यहोर्छ ? 

काठमाडौं । दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेरै...’ चर्चित हुँदा उनी यतिबेला मेलामहोत्सवका सांगीतिक कार्यक्रममा व्यस्त छन् । 

आफूलाई गायकभन्दा पनि पफर्मर भएको बताउने दुर्गेश महिनामा ३० दिन नै स्टेज कार्यक्रममा व्यस्त हुने गरेको बताउँछन् ।

Dabur Nepal
NIC Asia

शुक्रबार फोन सम्पर्क गर्दा दुर्गेश सल्यानमा थिए । शनिबार काठमाडौं र नवलपुरमा कार्यक्रम रहेको बताएरहेका थिए । बुधबार उनले सामाजिक सञ्जालमा एउटा भिडियो राखेका थिए । जहाँ उनी हेलिकोप्टरमा थिए । 

हेलिकोप्टर चढेर स्टेज कार्यक्रममा हो भन्ने प्रश्नमा उनले भने– हो । 

आयोजकले नै हेलिकोप्टरको भाडा व्यहोर्छन् ? “होइन, मैले आफैँ पैसा तिरेर हेलिकोप्टर चढेर कार्यक्रममा गएको हुँ,” दुर्गेश बाह्रखरीसँग भन्छन्, “मैलै झुक्किएर दुईवटा ठाउँको कार्यक्रमको डेट एकै दिनलाई दिएँछु, त्यसैले हेलिकोप्टर नै प्रयोग गर्नुपर्‍यो ।” 

बुधबार उनले मकवानपुर र नुवाकोटमा हुने दुईवटा कार्यक्रमका लागि आयोजकलाई आउँछु भनेर निश्चित गरेका थिए । त्यसैले उनी यो दिन सुरुमा काठमाडौंबाट हेलिकोप्टर लिएर मकवानपुरको कार्यक्रममा गएर प्रस्तुति दिए । त्यसपछि दुर्गेश हेलिकोप्टर चढेर नै नुवाकोट पुगेर कार्यक्रम गरे ।

“पैसा कति लाग्योभन्दा पनि मैले बचन दिएपछि पूरा गर्नुपर्छ । म आफैँले झुक्किएर दुईवटा कार्यक्रम ओके गरेँछु,” दुर्गेश प्रष्ट पार्छन्, “पैसा मेरै खर्चभयो । तर, मेरा लागि पैसाभन्दा पनि दर्शक र स्रोता ठूलो कुरा हो । दर्शक/स्रोतालाई ढाँट्नु हुन्न भनेर मैले आफ्नै खर्चमा हेलिकोप्टर चढेर गएको हुँ ।” 

दुर्गेशले गत महिना माघ १२ देखि फागुन १ गतेसम्म लगातार आफू कुन दिन कहाँ कार्यक्रम गर्दैछु भनेर फेसबुकमा अपडेट गरेका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro