site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तयार भयो बजेट क्यालेन्डर : करिब १९ खर्ब हाराहारीको लेखिँदै

काठमाडौं । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी लेखन थालेको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको सीमा (सिलिङ)भित्र रही आउँदो आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइएको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेन्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ । सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ,” भण्डारीले भने ।

आउँदो आर्थिक वर्षको बजेट बनाउन सबै मन्त्रालयले सीमा र बजेट तर्जुमा मार्गदर्शन पाइसकेका छन् । मन्त्रालयहरूले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकको विवरण आउँदो चैत १ देखि २० गतेसम्म अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसक्नुपर्नेछ ।

बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्ने कार्य चैत १५ देखि ०८२ वैशाख १० गतेभित्र टुंग्याउने गरी कार्यतालिका बनाइएको छ । बजेटका नीति तथा कार्यक्रममाथि चैत १६ देखि २२ गतेसम्म राष्ट्रिय योजना आयोगमा छलफल चल्नेछ ।

सबै मन्त्रालयले चैत १५ गतेभित्र सम्बन्धित मन्त्रालय र मातहतका निकायबाट आउँदो आर्थिक वर्ष कार्यान्वयन हुने योजना तथा कार्यक्रमका निम्ति बजेट प्रस्ताव गरिसक्नुपर्नेछ ।

अर्थमन्त्रीले जेठ १० गते राष्ट्रपतिसमक्ष बजेट ‘बिफ्रिङ’ गर्ने कार्यतालिका छ । बजेट वक्तव्यलाई जेठ १३ गतेभित्र अन्तिम रूप दिइने तयारी छ । जेठ १४ गते मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगमा ब्रिफ्रिङका निम्ति लगिनेछ ।

आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक जेठ १४ गते छपाइका निम्ति पठाइनेछ । जेठ १५ गते संयुक्त सदनमा आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गरिनेछ । रासस

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro