site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोकमा ठूलो धक्कापछि ३८ परकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्पको धक्कापछि ३८ परकम्प मापन गरिएको छ । शुक्रबार (फागुन १६) बेलुका ८ बजेसम्म ३८ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यो ठूलो धक्का पनि विनाशकारी गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

त्यसको पनि ३८ परकम्प मापन गरिएको हो । २.३ देखि ३.८ म्याग्निच्युडका उक्त संख्यामा परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । “सबै परकम्पको केन्द्रविन्दु पनि सिन्धुपाल्चोक आसपास नै छ,” केन्द्रले भनेको छ ।

शुक्रबार बेलुका ८ बजेयता भने ‘खासै’ परकम्प मापन भएको छैन । उक्त ठूलो धक्का काठमाडौंसहित विभिन्न जिल्ला र भारतका केही भूभागमा समेत महसुस गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro