site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको आणविक कार्यक्रम नष्ट नभएका समाचार आएपछि रिसाए ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आणविक कार्यक्रम नष्ट नभएको दाबीसहित आएका समाचारको खण्डन गरेका छन् ।

सीएनएन, न्युयोर्क टाइम्ससहितका सञ्चारमाध्यममा अमेरिकी आक्रमणबाट इरानको आणविक कार्यक्रम ध्वस्त नभएको दाबीसहितका समाचार आएपछि ट्रम्प आक्रोशित भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पेन्टागनको प्रारम्भिक गुप्तचर प्रतिवेदनका आधारमा आएका समाचारलाई ट्रम्पले 'फेक न्युज' भनेका छन् ।

“सीएनएन र न्युयोर्क टाइम्सले फेक न्युज फैलाइरहेका छन् । यी दुवैले मिलेर इतिहासकै सबैभन्दा सफल सैन्य आक्रमणमध्ये एकलाई बदनाम गर्ने प्रयास गरिरहेका छन् । इरानका आणविक लक्ष्यहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । जनताले न्युयोर्क टाइम्स र सीएनएनलाई आलोचना गरिरहेका छन्,” ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन् ।

ह्वाइट हाउसले इरानको आणविक कार्यक्रम नष्ट नभएको दाबीलाई ‘पूर्णरूपमा फर्जी’ र राष्ट्रपति ट्रम्पलाई ‘गिराउने प्रयास’का रूपमा व्याख्या गरेको छ ।

मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले इरानमाथिको अमेरिकी आक्रमणबारे चुहावट भएको गुप्तचर मूल्यांकनलाई ‘देशद्रोह’ भनेका छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्