site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी कानुनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मुलुकको हितमा नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले सरकारले देशलाई मरुभूमिकरण गर्ने कानुन ल्याउने काम गरेको आरोप समेत लगाए । 

उनले अध्यादेश पास भएमा सुकुम्वासीको नाममा भूमाफिया, विचौलीयाहरू, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्त्वपूर्ण जग्गा हडप्ने र बिक्री वितरण गर्ने धन्दा सुरु हुने जिकिर गरे । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा वन संरक्षणको लागि सहायता माग्दै आएकोमा अध्यादेशले कानुनको रूप लिए त्यस्तो सहायता समेत रोकिने बताए । वन फँडानी गरेर सुकुम्वासी व्यवस्थापन गर्न नहुनेमा उनको जोड छ ।

सरकारले बनाएको भूमि आयोग भूमिहिनको समस्या समाधान गर्नको लागि नभई भूमाफियाहरूमार्फत अनुचित लाभ लिन र देशलाई बर्बाद पार्ने उद्देश्यले बनाइएको आरोप समेत लगाए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro