site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलवायु परिवर्तन मानव सभ्यताकै संकट : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तन मानव सभ्यताकै संकट भएको बताएकी छन् । हिन्दुकुश हिमालय क्षेत्रका देशका सांसदहरूको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलनमा उनले जलवायु परिवर्तनको समस्या समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताइन् ।

“यो मानव सभ्यताका खिलाफको साझा समस्या हो । यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ,” उनले भनिन् ।

उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यामा सरकारको प्रयासमा पर्याप्त नहुने बताइन् ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्