site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेइमारको टोली सान्तोषको पोस्टमा आधा दर्जन गोल

काठमाडौं । ब्राजिलियन सिरी ‘ए’ लिगमा नेइमार जुनियरको टोली सान्तोषले भास्को डे गामाविरुद्ध ६–० को लज्जास्पद हार बेहोरेको छ । 

लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा भास्को डे गामालाई जित दिलाउन फिलिप कोटिन्होले दुई गोल गरे । यस्तै, लुकास पिटोन, डेविड कोरिया, रायान र ड्यानिलो नाभासले समान एक–एक गोल थपे ।

भास्को डे गामाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा पाँच गोल थपेपछि कौटिन्होको टोलीले नेइमारको टिमविरुद्ध ६–० को जित निकालेको हो ।

लिगमा जारी सिजन पछिल्लो समय दुवै टोली लयमा छैनन् । जितसँगै १९ अंक जोडेपछि १८ खेल खेलेको भास्को डे गामा तालिकाको १६औँ स्थानमा छ । १९ खेलबाट २१ अंक जोडेको सान्तोष तालिकाको १५औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्