site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । 

त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । 

मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौं–पोखरा, काठमाडौं–भरतपुर, काठमाडौं–नेपालगन्ज, काठमाडौं–राजविराज, काठमाडौं, विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–भद्रपुर, काठमाडौं–भैरहवालगायत केही उडान रद्द भएको कार्यालयले जनाएको छ । 

साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रूपले भइरहेको छ ।रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro