site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कप्तान एन्जिला तुुम्बापो सुब्बाले मागिन् माफी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपाली फुटबल समर्थकहरूसँग माफी मागेकी छन् । 

बिहीबार एन्जिलाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग पराजित भएकोमा माफी मागेकी हुन् ।

उनले लेखेकी छिन्, “हामी फाइनलमा पुग्यौँ तर चुक्यौँ । कप्तानको रूपमा म सबै समर्थकसँग माफी माग्न चाहन्छु ।” बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्यानमारसँग नेपाल २–० ले पराजित भएको थियो ।

करिब १६ हजार दर्शकबीच बुधबार पनि उपविजेता बनेपछि स्वर्ण जित्ने सपना पुनः पूरा नभएको उनले बताइन् । “मैदानमा उपस्थित १६ हजार दर्शक र सधैँ हामीलाई माया गर्ने करोडौँ समर्थकहरू हामीले तपाईंहरूले अपेक्षा गरेको नतिजा दिन सकेनौँ,” उनले लेखेकी छन् । । 

उनले अपेक्षाअनुसार प्रदर्शन नगरे पनि आलोचना नगर्न आग्रह गरिन् । “कृपया खेलाडीहरूलाई आलोचना नगर्नुस् । हामी सबैले आफ्नो मिहिनेत गरेका छौँ,” उनी लेख्छिन्, “नतिजा जस्तो भए पनि तपाईंहरूको सम्पूर्ण प्रशंसनीय छ । निरन्तर अगाडि बढ्नुहोस् ।”

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro