site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
माउरिन्होविरुद्ध कानुनी प्रक्रियामा जाने गलाटासेरेको चेतावनी

काठमाडौं । टर्कीस सुपर लिगको क्लब गलाटासेरेले फेनेरबाचेका मुख्य प्रशिक्षक जोजे माउरिन्होले ‘रंगभेदी अभिव्यक्ति’ दिएको भन्दै त्यसविरुद्ध कानुनी प्रक्रियामा जाने जनाएको छ । सोमबार गालाटारेसो र फेनेरबाचेबीच सम्पन्न खेलमा माउरिन्होले विवादास्पद अभिव्यक्ति दिएपछि गलाटासेरेले कानुनी प्रक्रियामा जाने बताएको हो । उक्त खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।

गलाटासेरेले जारी गरेको विज्ञप्तिमा माउरिन्होको कुन कुरा रंगभेदी भएको खुलाएको छैन । तर, खेलका दौरान माउरिन्होले ‘बेन्चमा रहेका खेलाडी बाँदर जस्तै उफ्रिएको’ र टर्कीस रेफ्रीले खेल खेलाएको भए ‘उत्पात’ हुन सक्ने बताएका थिए ।

गलाटासेरोले एक्समा पनि भनेको छ, “माउरिन्होले जिम्मेवारी पाएदेखि लगातार टर्कीस नागरिकविरुद्ध अपमानजनक अभिव्यक्ति दिएका छन् । आज उनको अभिव्यक्ति अनैतिक र अमानवीय बनेको छ । हामी यसका विरुद्ध कानुनी उपचार खोज्ने र यूईएफए र फिफामा उजुरी गर्नेछौँ ।”

चेल्सी, म्यानचेस्टर सिटी र टोटनहमका पूर्वप्रमुख प्रशिक्षक माउरिन्होलाई केही समयअगाडि टर्किस प्रतिनिधिहरूमाथि टिपणी गरेको कारण जरिवाना र केही खेलमा निलम्बन गरिएको थियो ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro