site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फाइनलअघि कप्तान एन्जिला भन्छिन्– नेपाली महिला टिम उपाधिको भोको छ

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले टिम उपाधिको भोको रहेको बताएकी छन् ।

नेपाली टिमले घरेलु मैदानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा बुधबार म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल साँझ ६ बजेदेखि सुरु हुने तालिका छ ।

फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान एन्जिलाले आफ्नो टिमका सबैमा उपाधि जित्नुपर्छ भन्ने भावना रहेको बताएकी हुन् ।

“नेपाली टिममा सबैजना क्षमतावान खेलाडी छन् । फाइनलमा पक्कै पनि दुईवटै टिमको लक्ष्य उपाधि हुन्छ । तर, एउटा टिम मात्रै च्याम्पियन हुने हो । जसले मैदानमा बढी मेहनत गर्छ, अनुशासित भएर खेल्न । एक टिमको रूपमा प्रतिस्पर्धा गर्छ, त्यही टिमले उपाधि जित्ने हो । हामी आफ्नोतर्फ शतप्रतिशत दिनेछौँ । टिमलाई नै उपाधि जित्नुपर्छ भन्ने भोक छ । प्रशिक्षकको रणनीतिअनुसार अन्तिमसम्म खेल्न सक्यौँ भने नतिजा राम्रो हुन्छ,” एन्जिलाले भनिन् ।

प्रतियोगितामा नेपाली टिम लिग चरणको दोस्रो स्थानमा रहँदै फाइनलसम्म आइपुगेको । यसअघि लिग चरणमा भएको खेलमा नेपालले म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो । म्यानमार भने लिग चरणको विजेताको रूपमा फाइनल आएको हो । यस्तै, प्रतियोगितामा सहभागी लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro