site stats
बाह्रखरी :: Baahrakhari
कला
‘आउट ल : दफा २१९’द्वारा ‘र्‍याप प्रतियोगिता’ आह्वान

काठमाडौं । चलचित्र ‘आउट ल : दफा २१९’ले ‘र्‍याप प्रतियोगिता’ आह्वान गरेको छ । निर्माणपक्षले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगिता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रको ‘र्‍याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शीर्षकमा र्‍याप तयार पारेर पठाउनुपर्नेछ । 

प्रतिस्पर्धीले र्‍याप लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउनसक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो फिल्मको सामाजिक सञ्जालमा पोष्ट गरिनेछ । सवैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । फागुन २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।

यो चलचित्रमा ‘न्याय’को कथा रहेकाले यही शीर्षकमा प्रतियोगिता आयोजना गरिएको निर्माता अमित अग्रहरिले जानकारी दिएका छन् ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माता छन् ।

चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायत कलाकारको अभिनय छ । फागुन २९ गतेबाट यो चलचित्र ‘आउट ल : दफा २१९’ रिलिजमा आउनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्