site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले गरे स्ट्राइकर अल्भारेजको प्रशंसा

काठमाडौं । एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमोनले टोलीका स्ट्राइकर जुलियन अल्भारेजको प्रशंसा गरेका छन् । शनिबार एट्लेटिकोले भ्यालेन्सियालाई ३–० हराउँदा दुई गोल गरेपछि मुख्य प्रशिक्षक सिमोनले अल्भारेजको प्रशंसा गरेका हुन् ।

खेलपश्चात् सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै उनले भने, “उसलाई अनुबन्ध गर्दाको हाम्रो अपेक्षाअनुसार उनले अझै पनि प्रदर्शन गर्न सकेका छैनन् । तर, पनि अल्भारेजमा एट्लेटिकोको डीएनए थियो भन्ने कुरामा म विश्वस्त थिए । २५ वर्षको उमेरमै उसले सबै उपाधि जितेको छ । उसले अर्जेन्टिनाबाट विश्वकप र सिटीबाट प्रिमियर लिगसँगै च्याम्पियन्स लिगको उपाधि जितेको छ । उनमा विनम्र भाव छ । यी कुराहरूले उसलाई अरुभन्दा फरक खेलाडी सावित गर्दछ ।”

यो जितसँगै एट्लेटिको ५३ अंक बटुल्दै ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । जुन शीर्षस्थानको बार्सिलोनाको भन्दा एक अंकमात्रै कम हो ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro