site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफी : जस इंग्लिसप्रेरित अस्ट्रेलियाको कीर्तिमानी जित 

काठमाडौं । जस इंग्लिसको शतकप्रेरित अस्ट्रेलियाले आईसीसी च्याम्पियन्स ट्रफीमा कीर्तिमानी जित निकालेको छ ।

शनिबार पाकिस्तानको लाहोरमा भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध पाँच विकेटको जित निकालेको हो । खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको ३५७ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । आईसीसीले आयोजना गरेको पुरुष क्रिकेट प्रतियोगितामा कुनै पनि टिमले भेट्टाएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । 

अस्ट्रेलियाको जितमा मध्यक्रम ब्याटर इंग्लिसले ८६ बलमा आठ चौका र ६ छक्कासहित १२० रन बनाए । यस्तै, एलेक्स क्यारीले ६३ बलमा आठ चौकासहित ६९ रन थपे । यी दुईले १३६–४ को स्थितीबाट पाँचौँ विकेटका निम्ति १४२ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालेका थिए । 

यसबाहेक, ओपनर म्याथ्यु सर्टले ६६ बलमा नौ चौका र एक छक्कासहित ६३ रन थपे । मार्नुस लाबुसचेन्जले ४७ र ग्लेन म्याक्सवेले ३२ रन जोडे । 

इंग्ल्यान्डका मार्क वुड, जोफ्रा आर्चर, ब्राइडन कार्ज, आदिल राशिद र लियम लिभिङस्टोनले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको इंग्ल्यान्डले बेन डकेटको उत्कृष्ट ब्याटिङमा ३५६ रनको योगफल खडा गरेको थियो । 

इंग्ल्यान्डका ओपनर डकेटले १४३ बलमा १७ चौका र तीन छक्कासहित १६५ रन बनाए । यस्तै, जोए रुटले ६८ रन थप्दा कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१, जामी स्मिथले १५ र लियम लिभिङस्टोनले १४ रन जोडे । 

अस्ट्रेलियाका डेन ड्वारसुइसले तीन विकेट लिए । एडम जाम्पा र मार्नुस लाबुसचेन्जले समान दुई विकेट लिँदा ग्लेन म्याक्सवेलले एक विकेट हात पारे ।

प्रतियोगिताको पहिलो खेलमै जित निकालेको अस्ट्रेलिया समूह ‘बी’को दोस्रो स्थानम उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको इंग्ल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro