site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘सिटिजन्स सदाबहार योजना’मा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘सिटिजन्स सदाबहार योजना’ खुलामुखी म्युचुअल फन्डमा शुक्रबारदेखि आवेदन खुला भएको छ । यो इकाइमा असार १३ गते (शुक्रबार) देखि १७ गतेसम्म बैंकिङ समयसम्म योजनाको इकाई निष्कासन खुला रहने छ । यो अवधिसम्म सम्पूर्ण इकाई बिक्री नभए असार २७ गतेसम्म इकाई बिक्री खुला रहने बताइएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले ५० करोडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना सञ्चालन अनुमति दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो सेयर खातामार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालमार्फत आवेदन दिन सकिनेछ । 

यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० देखि अधिकतम पाँच लाख इकाई खरिद आवेदन दिन सकिनेछ । साथै, यस योजनाको प्रथम चरणमा निष्कासित इकाई बाँडफाँटपश्चात् नियमक निकायहरूको नियमानुसार तथा स्वीकृति लिइ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) मार्फत थप इकाईहरू निष्कासनको व्यवस्था समेत मिलाइने बताइएको छ । 

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित अन्य योजनामध्ये प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरका आठ करोड २० लाख इकाई रहेको सिटिजन्स म्युचुअल फन्ड १ नामक सात वर्षे बन्दमुखी योजना परिपक्व भएको छ । अन्तिम प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ३० पैसामा प्रचलित कानुनबमोजिम करकट्टी समायोजन गरी इकाई धनीहरूको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जेठ २७ गतेबाट पठाउन थालेको छ । 

सिटिजन्स म्युचुअल फन्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको प्रतिफल समेत प्रतिइकाई लगानीको औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको बताइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्