site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसएलको ‘मिनि अक्सन’ : आठ खेलाडी सर्वाधिक चार लाखमा बिक्री

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को ‘मिनि अक्सन’ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा गरिएको मिनि अक्सनबाट लिगमा सहभागी हुने सात टिम करिब तयार भएको छ ।

आउँदो चैतमा आयोजना गरिने प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी सहभागी हुनेछन् ।

क्याटोगोरी ‘ए’मा १५ र ‘बी’मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका थिए । क्याटोगोरी ‘ए’का खेलाडीको बेस प्राइस दुई लाख र म्याक्सिमम प्राइस चार लाख रुपैयाँ तोकिएको थियो । क्याटोगोरी ‘बी’का खेलाडीको बेस प्राइस एक लाख ५० हजार र म्याक्सिमम प्राइस दुई लाख रुपैयाँ तोकिएको थियो ।

मिनि अक्सनमा आठ खेलाडी सर्वाधिक चार लाख रुपैयाँमा बिक्री भए । चार लाखमा बिक्री हुनेमा मणिकुमार लामा, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशीष गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंग कार्की र सन्तोष कार्की छन् ।

अक्सनमा केही नाम चलेका खेलाडी बिक्री भएनन् । मिनि अक्सनसँगै अब विदेशी र स्थानीय खेलाडी छनोट हुन बाँकी रहेको बताइएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro