site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविले सहकारी ठगेका छन्, सजाय पाउनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले लामिछानेले सहकारीको रकम ठगेको विषयमा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्नेमा जोड दिए । तर, लामिछानेमाथि भएको मानवअधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने उनले बताए । मानवअधिकारको विषय नबुझ्नेहरू कांग्रेसी नहुने उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समयअघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्‍याइएको घटनाप्रति उनले आपत्ति जनाए । उनले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गरे ।

“कांग्रेसीहरूले जबसम्म मानवअधिकारका कुराहरू बुझ्दैनौँ, तबसम्म हामी कांग्रेसी हुँदैनौँ,” उनले भने, “ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर, त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि, राति उठाएर लगिदिने पोखरा र पुलिसले, गृह मन्त्रालयले यो भन्ने कि हामी प्रोटेक्सन लिन सक्दैनौँ । किन लगेको थियो त ?”

सांसद कोइरालाले हाल कांग्रेस कमजोर भएको भन्दै महाधिवेशनको टुंगो नलागेकामा आपत्ति जनाए । समयमा नै महाधिवेशन गर्न दबाब दिन उनले आफूनिकट नेता–कार्यकर्तालाई आग्रह गरे ।

“नेपाली कांग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुंगो छैन हाम्रो, ०८४ को चुनावपछि गर्ने भनिरहेको छ,” उनले भने, “तपाईंहरूले साथीहरूलाई भेट्दा, कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्‍यो ।”

सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्