site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपामा आजदेखि राजनीतिक प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा शुक्रबार (आज)देखि राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भइरहेको छ । प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको छ । कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ ।

बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे प्रकाश पारेका थिए । उपसभापति डा. स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । आगामी योजना क्रममा केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला–पालिकासम्म प्राथमिकतामा प्रशिक्षण गर्ने तालिका रहेको समेत उपसभापति वाग्लेले जानकारी दिए ।

प्रशिक्षण शनिबार पनि नियमित सञ्चालन हुनेछ । राजनीतिक प्रशिक्षण कार्यक्रम केन्द्र हुँदै प्रदेश, जिल्ला, पालिका र वडासम्म लगत्तै सञ्चालन हुने गरी तयारी गरिएको रास्वपाले जनाएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro