site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुटवल लुम्बिनी क्लबको मुख्य प्रशिक्षकमा पुष्पलाल शर्मा 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को बुटवल लुम्बिनी क्लब एफसीको मुख्य प्रशिक्षकमा पुष्पलाल शर्मा नियुक्त भएका छन् । 

एनएसएलको तेस्रो संस्करणका निम्ति बुटवल लुम्बिनीले मुख्य प्रशिक्षकका रूपमा एएफसी प्रो लाइसेन्स प्राप्त भुटानका पुष्पलाल शर्मालाई नियुक्त गरेको हो । 

नवनियुक्त मुख्य प्रशिक्षक शर्माले अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुलिसकेका छन् । यसअघि उनी भुटानको पारो एफसीमा मुख्य प्रशिक्षक थिए । उनले भुटान फुटबल संघमा प्रशिक्षण, खेलाडी विकास र रणनीतिक व्यवस्थापनमा उल्लेखनीय कार्य गरिसकेका छन् । 

मुख्य प्रशिक्षकमा शर्माको आगमनसँगै क्लब अझ संगठित, प्रतिस्पर्धी र रणनीतिक रूपमा बलियो बन्ने अपेक्षा गरिएको छ । क्लबले उनको नेतृत्वमा युवा खेलाडीको प्रतिभा पहिचान, प्रशिक्षणको संरचनामा सुधार तथा खेलाडीको दीर्घकालीन उन्नति सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

क्लबले मुख्य प्रशिक्षकसँगै आफ्नो मार्की प्लेयर पनि अनुबन्ध गरेको छ । बुटवल लुम्बिनीले एनएसएलको तेस्रो संस्करणका निम्ति राष्ट्रिय टिमका समेत सदस्य रहेका मनीष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ । 

यस्तै, क्लबले एरिक विष्ट, निराजन धामी र सरोज धामीलाई तेस्रो संस्करणका निम्ति निरन्तरता दिएको छ । प्रतियोगिताको तेस्रो संस्करण चैत्र १६ गते देखि आयोजना हुने आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।   

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro