site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘लाज शरणम्’ रिलिज हुन्छ कि हुँदैन ? 

काठमाडौं । उच्च अदालत पाटनको आदेशसँगै चलचित्र ‘लाज शरणम्’ प्रदर्शन हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ । प्रदर्शनको क्रममा रहेको ‘लाज शरणम्’को प्रचारप्रसार रोक्न अदालतले आदेश दिएको थियो । 

उच्च अदालत पाटनले ‘लाज शरणम्’को केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट सेन्सर नभएसम्म प्रचार नगर्न अन्तरिम आदेश दिएको थियो । हालसम्म यो चलचित्रको सेन्सर भएको छैन । 

सेन्सर बोर्डले प्रदर्शन अनुमति दियो भने यो चलचित्र रिलिज हुनेछ । आलमसँग हुबहु मिलेको भन्दै सेन्सर बोर्डले त्यसलाई हटाउन भनेको खण्डमा भने निर्माणपक्ष अफ्ठ्यारोमा पर्नेछ । 

सिताराम कट्टेल धुर्मुस मुख्य भूमिकामा रहेकाले उनको भाग हटाएर चलचित्र रिलिज गर्न कठिन हुनेछ । उनको पात्रमै विपक्षीको आपत्ति हो । 

पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको तर्फबाट उनको अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर भएको थियो । 

केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने भन्दै आदेशमा त्यसअघि निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न आदेशमा उल्लेख थियो । 

‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न/नगराउन अदालतले अन्तरिम आदेश दिएको थियो । 

‘लाज शरणम्’ले फागुन १४ गतेका लागि रिलिज डेट लिएको थियो । बुधबार ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । तर, अदालतको आदेशसँगै रोकिएको छ । 

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro