site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइडेनका कारण सुनिता र बुच अन्तरिक्षमा फसेको मस्कको आरोप

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलोन मस्कले पूर्वराष्ट्रपति जो बाइडेनले जानाजानी अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा छोडेको आरोप लगाएका छन् । 

मस्कलाई बाइडेनले अन्तरिक्ष यात्रुहरूलाई पृथ्वीमा फिर्ता ल्याउन मस्कको कम्पनी स्पेसएक्सको सहयोग लिनु नपरोस् भनेर जानाजानी अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा छोडेका थिए भन्ने प्रश्न गरिएको थियो । 

जवाफमा मस्कले भने, “हो, हामीले उनीहरूलाई चाँडै फिर्ता ल्याउन सक्थ्यौँ । तर, बाइडेन राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने कसैसँग सहयोग लिन चाहँदैनन् ।” 

दुई अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोर गत वर्ष जुनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका छन् । उनीहरूको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा समस्या आएपछि उनीहरू फर्किन सकेका छैनन् । 

यसैबीच, मस्कले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सको प्लेटफर्ममा सरकारको दक्षता विभागसँग सम्बन्धित धेरै जानकारी दिएका छन् । 

मस्कले अमेरिकामा यो विभागको नेतृत्व गरिरहेका छन् । उनको विभागको उद्देश्य सरकारी विभागहरूको खर्च घटाउनु हो ।

मस्कसँगै अर्जेन्टिनाका राष्ट्रपति जेवियर मिलेई पनि मञ्चमा उपस्थित थिए । उनले मस्कलाई ‘आरा मेसिन’ उपहार दिए ।

मस्क अमेरिकामा सरकारी खर्च घटाउने प्रयासमा संलग्न रहेको देखाउन राष्ट्रपति मिलेईले मस्कलाई ‘आरा मेसिन’ उपहार दिएका हुन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro