site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात महिनामा एक खर्ब २७ अर्बको निर्यात, झन्डै १० खर्ब रुपैयाँको आयात
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा वस्तु तथा सेवा निर्यातबाट प्राप्त हुने रकम ४६.५० प्रतिशतले बढेको छ ।

उक्त अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार, गत आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

पछिल्लो सात महिनामा नौ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात १० प्रतिशतले बढेको छ । गत वर्षको माघ मसान्तसम्म आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

गत वर्षको माघ मसान्तसम्मको तुलनामा व्यापार घाटा पनि बढेको छ । सात महिनाको अवधिमा व्यापार घाटा आठ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ रहेको विभागले जनाएको छ । गत वर्षको माघ मसान्तसम्म आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ व्यापार घाटा थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro