site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केआईआईटीका उपकुलपतिले माफी माग्दै नेपाली विद्यार्थीलाई फर्कन गरे अपिल

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका उपकुलपति प्रा. सरनजीत सिंहले नेपाली विद्यार्थीहरूसँग माफी गर्दै उनीहरूलाई क्याम्पसमा फर्कन अपिल गरेका छन् ।

उपकुलपति सिंहले मंगलबार एक क्षमायाचना पत्र जारी गर्दै नेपाली विद्यार्थीलाई फर्कन अपिल गरेका हुन् ।

“जे भयो त्यसको लागि हामी माफी चाहन्छौँ र यसैद्वारा सबै विद्यार्थी र नेपालका जनताप्रति हाम्रो माया र स्नेह प्रकट गर्दछौँ । हामी उनीहरूलाई त्यति नै माया गर्छौँ जति हामी भारतका जनता र विश्वका जनतालाई माया गर्छौँ । हामी हाम्रा नेपाली विद्यार्थीहरूलाई तुरुन्तै नियमित शैक्षिक कार्यक्रममा सामेल हुन पुनः अपील गर्दछौँ,” उपकुलपति सिंहले भनेका छन् ।

१६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू अत्यन्तै स्तब्ध भएको उनले जनाएका छन् । उक्त दिन विश्वविद्यालयको गर्ल्स होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानले उनले आत्महत्या गरेको देखिएको छ ।

त्यसपछि नेपाली विद्यार्थीले अनुसन्धानको माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलन चर्केपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल होस्टेल छोडी नेपाल फर्कन निर्देशन दिएको थियो ।

विश्वविद्यालय प्रशासनले जर्बजस्ती ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई बसमा राखी रेल स्टेसनमा लगी छोडेको थियो । त्यसक्रममा विश्वविद्यालयका कर्मचारी र सुरक्षा गार्डले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेका थिए ।

“हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको दुर्व्यवहारप्रति पनि हामी दुःखी छौँ । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै अपमान गरेका छैनौँ । हाम्रा दुई अधिकारीहरूले गरेका टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण छन्,” उपकुलपति सिंहले भनेका छन् ।

यद्यपि, कर्मचारीले गरेको टिप्पणीहरू उनीहरूको व्यक्तिगत भएको उनले जनाएका छन् । उनीहरूलाई सेवाबाट हटाइएको जानकारी पनि उनले दिएका छन् । ती अधिकारीहरूले आफ्नो टिप्पणीलाई लिएर माफी मागीसकेको उपकुलपछि सिंहले जनाएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro