site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली छात्राको मृत्युको निष्पक्ष जाँच गर्न अखिल भारतीय विद्यार्थी परिषद्को माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । अखिल भारतीय विद्यार्थी परिषद्ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा भएको नेपाली छात्राको मृत्युको निष्पक्ष अनुसन्धानको माग गरेको छ ।

परिषद्ले एक विज्ञप्ति जारी गर्दै केआईआईटीको गर्ल्स  होस्टेलमा भएको २० वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको मृत्युलाई दुर्भाग्यपूर्ण बताएको छ ।

“अखिल भारतीय विद्यार्थी परिषद्ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ र घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गर्दछ,” परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शंकास्पद परिस्थितिमा नेपाली छात्राले गरेको आत्महत्याको घटनामा न्यायको लागि गुहार मागिरहेका विद्यार्थीहरूलाई दबाउने विश्वविद्यालय प्रशासनको प्रयास अत्यन्तै निन्दनीय भएको परिषद्ले जनाएको छ ।  

“विशेषगरी, नेपाली विद्यार्थीहरूलाई क्याम्पस परिसरबाट बाहिरिन दिइएको आदेश गैरकानुनी मात्र होइन, मानव अधिकारको गम्भीर उल्लंघन र भारत–नेपाल सम्बन्धमाथि गरिएको प्रहार पनि हो,” परिषद्ले भनेको छ ।

न्यायको माग गरिरहेका विद्यार्थीहरूको आवाज दबाउनुको सट्टा प्रशासनले प्रकृति लम्सालको आत्महत्याको पछाडिका कारणहरूको गहन अनुसन्धान सुनिश्चित गर्नुपर्ने परिषद्ले जनाएको छ ।  

केआईआईटी विश्वविद्यालय प्रशासनले देखाएको असंवेदनशीलतामाथि शिक्षा र गृह मन्त्रालयको तत्काल हस्तक्षेप गर्न आवश्यक रहेको परिषद्ले औंल्याएको छ ।

“ओडिसाको केआईआईटी जस्तो प्रतिष्ठित शैक्षिक संस्थामा शंकास्पद परिस्थितिमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर अत्यन्तै दुःखद र हृदयविदारक छ । यस्तो अवस्थामा निष्पक्ष अनुसन्धानबाट भाग्दै प्रशासनले नेपाली मूलका विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न दिएको आदेश अत्यन्तै असंवेदनशील र अमानवीय छ,” परिषद्का राष्ट्रिय महासचिव डा. वीरेन्द्रसिंह सोलंकीले भनेका छन् ।

परिषद्का कार्यकर्ताहरूले नेपाली विद्यार्थीहरूलाई भेटेर अन्यायविरुद्धको यो लडाइँमा उनीहरूलाई हरसम्भव साथ दिने आश्वासन दिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro