site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ११.९१ अंकले बढ्यो, साढे १० अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.९१ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशतले बढेर २७३९.८२ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । १० अर्ब ४३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार १० अर्ब चार करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

८७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था र इमेर्जिङ नेपालको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro