site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरिभराउ पिजन होल, कोसीका सांसदको हात रित्तै 

विराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन जारी छ । सभामा प्रस्तुत भएको कोसी आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल पूरा भएको छ । संशोधनको सूचनापछि अब यो विधेयकमा दफावार छलफल हुनेछ ।
 
कोसी प्रदेशसभामामा विधेयक दर्ता हुनासाथ त्यसको एकप्रति सांसदहरूलाई उपलब्ध गराउने प्रावधान छ । सदनमा टेबुल भएपछि सहजताका लागि वेबसाइटमार्फत पनि सार्वजनिक गरिन्छ । दर्ता हुनासाथ सांसदहरूलाई उपलब्ध गराउन पिजन होलमा विधेयक र आवश्यक सूचना राख्ने प्रबन्ध गरिएको छ । तर, कोसी प्रदेशसभाका थोरै सांसदले मात्र पिजन होलको प्रयोग  नगरेको पाइएको छ ।

सभाको पहिलो कार्यकालमै सांसदहरूका महत्वपूर्ण कागजात, फायल, विधेयक, निमन्त्रणपत्र राख्न मिल्ने गरी पिजन होलको व्यवस्था गरिएको थियो । तर, त्यसको प्रयोग गर्न भने सांसदहरू उदासीन देखिएका छन् ।

कोसी प्रदेशसभाका सूचना अधिकारी निरज ढकालले बताएअनुसार दर्ता हुनासाथ विधेयक र महत्वपूर्ण सूचना पिजन होलमा राखिदिने गरिएको छ । “हामीले पहिल्यै विधेयक राखिदिएका हुन्छौँ तर, त्यहाँ नहेरी पछि पनि प्रदेशसभा सदस्यहरुले हामीसँग विधेयकको कपी मागिरहनु भएको हुन्छ,” ढकालले भने । 

मंगलबार बाह्रखरी संवाददाता सभाको पिजन होल पुग्दा भरिभराउ देखिएको थियो । त्यहाँका कोठा विधेयक, सांसदलाई विभिन्न संघसंस्थाले पठाएका निमन्त्रणापत्रलगायत सामग्रीले भरिएको देखिन्थ्यो । कतिपय सांसदका पिजन होलमा धेरैअघि सभामा दर्ता भएका विधेयकहरूको चाङ नै देखिएको थियो । पिजन होलबाट विधेयक नलैजानेमा कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसद धेरै थिए । पिजन होलबाट विधेयक नलैजानेमा पूर्वमुख्यमन्त्रीहरू समेत रहेको पाइएको छ ।

सभाले पिजन होलमा सांसदको नाम लेखेर चाबीसमेत उनीहरूलाई नै दिने व्यवस्था मिलाई दिएको सूचना अधिकारी ढकालले बताए । उनले भने, “तर, पछिल्लो समय भने धेरै माननीयज्यूहरू ले विधेयक नलगेको पाइएको छ ।”

नेपाली कांग्रेसका प्रदेश सांसद भीम पराजुलीले आफूले नभ्याउँदा स्वकीय सचिवमार्फत विधेयक मगाएर अध्ययन गर्ने गरेको बताए । उनले भने, “यसको सूचना एसएमएसबाट पनि आउने भएकाले त्यहाँ के राखिएको छ भन्ने सूचना सजहै प्राप्त हुन्छ ।” 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro