site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चार मन्त्रालयमा तीनवटा मात्रै सामाजिक सञ्जाल दर्ता, कर तिर्ने भने दर्जन बढी
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनको व्यवस्थाका लागि तयार पारेको विधेयक यतिबेला राष्ट्रियसभामा दर्ता छ । दर्ता विधेयकको दफा २ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।

“प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले यस ऐनबमोजिम प्लेटफर्म सञ्चालन गर्न अनुमतिपत्र लिनुपर्नेछ,” सामाजिक सञ्जाल ऐन, २०८१ को मस्यौदामा उल्लेख छ ।

यसअघि नै कार्यान्वयनमा रहेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले पनि दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।

निर्देशिकाको तीन नम्बर बुँदामा सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्ने व्यवस्था छ । निर्देशिकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र विधेयकले मन्त्रालयअन्तर्गतको विभागमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

तर, हालसम्म नेपालमा तीनवटा मात्रै सामाजिक सञ्जाल कम्पनी मन्त्रालयमा दर्ता भएका छन् । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टिकटक, विटक र भाइबर तीन वटा प्लेटफर्म हालसम्म दर्ता भएको बताएका छन् ।

“हालसम्म तीनवटा मात्रै दर्ता भएका छन् । सञ्चालनमा रहेका तर दर्ता नभएका अन्यको हकमा विस्तारै सरकारले निर्णय गर्ला, कानुन पनि बन्दै छ,” प्रवक्ता ठाकुरले भने ।

नेपालमा लाखौँ, करोडको संख्यामा प्रयोगकर्ता रहेका र ठूलो कारोबार समेत गर्ने फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटर, ह्वाट्सएप, स्न्यापच्याट, लिंक्डइनजस्ता प्लेटफर्म भने अझै दर्ता भएका छैनन् ।

यस्ता धेरै कम्पनीले ठूला करदाता कार्यालयमा डिजिटल सेवा कर भने तिरेका छन् । कार्यालयका अनुसार गुगल, मेटा, टिकटक, माइक्रोसफ्ट, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता सामाजिक सञ्जाल एवं प्रविधि कम्पनीले गएको आर्थिक वर्ष २०८०/०८१ मा करिब ४१ करोड रुपैयाँ डिजिटल सर्भिस ट्याक्स तिरेका हुन् ।

विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर एक वर्षमा पौने तीन अर्ब रुपैयाँ कारोबार गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा गरेको उक्त कारोबारबापत ती कम्पनीले साढे ४१ करोड कर तिरेका छन् । कर तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम झन्डै एक अर्ब ३१ करोड रुपैयाँसम्म कारोबार गरेको छ ।

नेपालमा सेवा दिइरहेका यस्ता १९ विदेशी कम्पनी आन्तरिक राजस्व विभागमा प्यान नम्बर समेत लिएर दर्ता छन् । यी कम्पनीले गत आर्थिक वर्षमा करिब दुई अर्ब ७५ करोड रुपैयाँको कारोबार गरेको कार्यालयले जनाएको छ ।

मन्त्रालयले सूचीकरण, दर्ता एवं अनुमति माग्न खोजिरहेको बढीजसो सामाजिक सञ्जाल कम्पनीहरू ठूला करदाता कार्यालयमा भने कर तिरिरहेको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro