site stats
बाह्रखरी :: Baahrakhari
देश
जेल ब्रेकको १२ वर्षपछि पक्राउ परेका सिंहलाई काठमाडौं ल्याइयो

काठमाडौं । कैलाली कारागारले देवबहादुर सिंह उर्फ दीपकबहादुर सिंहलाई काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागार सरुवा गरेको छ ।

कैलाली कारागारबाट १२ वर्षअघि भागेका सिंहलाई कैलाली प्रहरीले माघ ३० मा कञ्चनपुरबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै जिल्ला कारागार कैलाली बुझाइएका सिंहलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । कैलाली प्रहरी प्रमुख एसएसपी पदम विष्टका अनुसार शनिबार नै सिंहलाई हवाईजहाजमार्फत काठमाडौं पठाइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिंहलाई कैलाली कारागारमै राख्दा सुरक्षा चुनौती देखिएपछि उनलाई काठमाडौं पठाइएको हो । ०६४ फागुन २४ मा गोदावरी–७ का युवा बमबहादुर साउदको गोली हानी हत्या गरेको अभियोगमा उनलाई कैलाली जिल्ला अदालतले ०६७ मंसिर २७ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यसबाहेक उनीविरुद्ध दर्जनौँ अपराधका मुद्दा अदालतमा अझै विचाराधीन छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्