site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुम्बई आक्रमण प्रकरणमा अमेरिकाबाट भारत ल्याइने तहव्वुर हुसेन राणा को हुन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००८ को नोभेम्बर २६ मा मुम्बईमा आक्रमणका योजनाकार तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनले भने, “मुम्बईमा भएको आतंकवादी हमलामा संलग्न राणालाई भारतमा न्यायको सामना गर्नुपर्नेछ ।”

भारतले लामो समयदेखि राणाको सुपुर्दगीको माग गर्दै आएको छ । एकपटक अमेरिकी अदालतले तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने अनुमति समेत दिएको थियो । तर, गत वर्ष नोभेम्बरमा उनले यो विषयमा पुनर्विचार निवेदन (याचिका) दायर गरेका थिए । उक्त निवेदन पनि गएको महिना सर्वोच्च अदालतले खारेज गरेको थियो ।

पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा हाल अमेरिकाको जेलमा छन् । सन् २०१३ मा अमेरिकामा तहव्वुर राणालाई उनका साथी डेभिड कोलम्यान हेडलीसँग मुम्बई हमला र डेनमार्कमा आक्रमणको योजना बनाएको अभियोगमा दोषी ठहर गरिएको थियो । यी मुद्दामा राणालाई अमेरिकी अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो ।

को हुन् तहव्वुर राणा ?
सन् २००८ को नोभेम्बर २६ राति १० चरमपन्थीले एकैसाथ मुम्बईका धेरै भवनहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा १६४ जनाको मृत्यु भएको थियो । जवाफी कारबाहीमा नौ अतिवादी पनि मारिएका थिए ।

भारतले यी आक्रमणकारी पाकिस्तानी भूमिमा सक्रिय चरमपन्थी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको आरोप लगाएको थियो । आक्रमणकारीमध्ये त्यति बेला अजमल कसाब बाँचे । पछि सन् २०१२ नोभेम्बरमा उनलाई फाँसी दिइएको थियो ।

पाकिस्तानी–अमेरिकी नागरिक डेभिड कोलम्यान हेडलीविरुद्ध भारतका तर्फबाट भइरहेको अनुसन्धानका क्रममा बारम्बार एउटा नाम आइरहेको थियो, त्यो नाम थियो तहव्वुर हुसेन राणा ।

सिकागोमा कडा सुरक्षाबीच चार साता लामो सुनुवाइका क्रममा राणाका बारेमा धेरै जानकारी बाहिर आएको थियो । उक्त मुद्दामा सबैभन्दा महत्त्वपूर्ण पाटो हेडली तहव्वुर राणाविरुद्ध सरकारी साक्षी बनेका थिए ।

तहव्वुर हुसेन राणाको जन्म र हुर्काइ पाकिस्तानमा भएको थियो । मेडिकल डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोरमा भर्ना भए । 

राणाकी श्रीमती पनि चिकित्सक थिइन् । पति–पत्नी दुवै सन् १९९७ मा क्यानडा गए । र, २००१ मा क्यानडाको नागरिक बने ।

सन् २००९ मा पक्राउ पर्नुभन्दा केही वर्षअघि राणाले अमेरिकाको सिकागोमा एक ट्राभल एजेन्सी खोलेका थिए ।

अदालतमा भनिएको थियो कि डेभिड कोलम्यान हेडलीसँग उनको पुरानो मित्रता सिकागोमा पुनः सुरु भएको थियो । जब हेडलीले मुम्बईमा आक्रमणको तयारी थाले, उनी २००६ देखि २००८ सम्म धेरैपटक मुम्बई आएका थिए ।

आफ्नो बारम्बार भारत भ्रमणमा कुनै शंका नहोस् भन्ने हेतुले हेडलीले मुम्बईमा राणाको ट्राभल एजेन्सीको शाखा खोले । राणाले यो सबै पाकिस्तानी चरमपन्थी संगठन लश्कर–ए–तैयबाको निर्देशनमा गरिरहेको पनि अदालतमा बताइएको थियो ।

मुम्बई आक्रमणमा ६ अमेरिकी नागरिकको पनि मृत्यु भएको थियो । राणालाई अमेरिकी नागरिकको हत्यामा सघाएको सहित १२ आरोपमा सजाय सुनाइएको थियो ।

एफबीआईले गर्‍यो पक्राउ
अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले सन् २००९ को अक्टोबरमा राणा र हेडलीलाई शिकागो विमानस्थलबाट पक्राउ गरेको थियो । एफबीआईले उनीहरू दुवै डेनमार्कमा चरमपन्थी हमला गर्न गइरहेको दाबी गरेको थियो । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro