site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पिताम्बर’को गीतमा प्रदीप र दिव्याको नृत्य

काठमाडौं । चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक भएको छ । निर्माणपक्षले आज यो चलचित्रको गीत सार्वजनिक गरेको हो । 

गीतमा अस्मिता अधिकारी र आशिष अभिरलको स्वर छ । आशिष स्वयंको संगीत रहेको गीतमा आनन्द अधिकारी र आशिषको शब्दरचना छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र दिव्या रायमाझीको नृत्य छ । 

चलचित्र ‘पिताम्बर’ चैत २९ गते रिलिज हुँदै छ । ‘पिताम्बर’मा स्टार कलाकारहरूको बलियो लाइनअप छ । सौगात मल्ल, प्रदीप भट्टराई, दयाहाङ राई, दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ । 

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । विशाल चौलागाईं निर्माता छन् । 

प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको लगानी ५ करोड रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro