site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले राजनीतिक प्रतिशोधमा निर्णय गर्ने गरेको आरोप लगाएकी छिन् । आइतबार साँझ राजनीतिक थिचाेमिचोका आधारमा एआईजी रवीन्द्र केसीलाई राजीनामा गर्न बाध्य पारेको भन्दै उनले सरकारको नियतमा प्रश्न उठाइन् । 

“हिजो प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस्, दृष्टिमा शंका नगर्नुस् भनेर यस्तो मृदुभाषी भएर बोलियो, तर त्यही राति एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो, राजनीतिक थिचोमिचोका आधारमा,” साेमबार प्रतिनिधिसभामा प्रश्न गर्दै सुमनाले भनिन्, “बोल्ने एउटा गर्ने अर्को किन ? के ऐन पास भएपछि मात्र राम्रो नियत देखाउनु पर्ने हो ?” 

गृहमन्त्रीले रोस्ट्रममा उभिँदा प्रहरी ऐनमा प्रश्न गर्ने पूर्वप्रहरीलाई आधा गिलास खाली भन्दा आधा गिलास भरी भनेर हेर्न आग्रह गरे पनि कार्यक्रममा गएर भने उनीहरूलाई नै प्रश्न गरेको उनले बताइन् ।
 
“पूर्वप्रहरीलाई जुन प्रकारले गृहमन्त्रीले रोस्ट्रमबाट उभिएर भन्नुभयो, ७० वर्षपछि आएको छ आधा गिलास खाली भन्ने कि आधा भरी भनेर हेर्ने भन्नुभयो,” सुमनाले भनिन्, “तर, अर्को कार्यक्रममा गएर पूर्वप्रहरीहरूलाई त्यही प्रश्न सोध्नुभयो– तपाईंहरूले ७० वर्षसम्म किन ऐन नबनाएको ?” उनले गृहमन्त्रीको कार्यशैलीले सरकारको नियतमा प्रश्न उठाएको दाबी गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro