site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई पार्टीको अधिनायकत्वले मुलुक उल्टो दिशातर्फ : खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगेको आरोप लगाएका छन् । सोमबार विराटनगरमा सञ्चारकर्मीसँग उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को अधिनायकत्व बढ्दा मुलुक अधोगतितर्फ गएको जिकिर गरे ।

“दुई पार्टी (कांग्रेस र एमाले)को अधिनायकत्वले मुलुकलाई अग्रगतितर्फ नभई उल्टो दिशातर्फ लग्दै छ,” खनालले भने, “अहिले लोकतान्त्रिक मूल्य–मान्यतालाई चुनौती दिने स्थिति देखा परेको छ ।”

उनले दुई ठूला पार्टीकै कारण वर्तमान राजनीति क्रमिक रूपले संकटतर्फ उन्मुख भएको टिप्पणी गरे ।

आर्थिक क्षेत्रमा कुनै प्रगति नदेखिएको र मूल्यवृद्धिले समस्या निम्तिएको उनले बताए । उचित ढंगले उद्योगधन्दाको विकास नहुँदा रोजगारी सिर्जना हुन नसकेको उनले उल्लेख गरे । उनले भने, “कृषि क्षेत्र त झन्झन् गतिहीन बन्दै गइरहेको छ ।”

नेता खनालले संविधानले पूर्वराष्ट्रपति/उपराष्ट्रपतिलाई राजनीतिमा आउन नरोकेको स्पष्ट पारे । त्यसरी आउनु/नआउनु व्यक्तिगत र नैतिक विषय भएको उनले बताए ।

संविधानतः बनाइनुपर्ने तीन दर्जन कानुन अझै थाती रहेको उनले सुनाए । उनले भने, “संविधानको भाग ४ मा जुन खालका नीति र सिद्धान्तहरू अघि सारिएको छ, एउटा पनि लागु भएको छैन ।” यस्तो सन्दर्भमा संविधान संशोधनले केही अर्थ नराख्ने उनको धारणा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro