
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र संयुक्त समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदनमा छलफल हुनेछ ।
बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठक बिहान ९ बजे बस्नेछ ।
संयुक्त समितिअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्नेछ ।
बिहान ८ बजे बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।