site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेट एक्सिलेन्सले जित्यो काठमाडौं जिल्ला छनोटको उपाधि 

काठमाडौं । रित गौतमको शतकप्रेरित क्रिकेट एक्सिलेन्स सेन्टरले फाइनलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीविरुद्ध १०७ रनको जित निकाल्दै प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटको उपाधि जितेको छ । आइतबार मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्रिकेट एक्सिलेन्सले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याउने क्रममा ग्रेट हिमालयनले २६.५ ओभरमा सबै विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।

ग्रेट हिमालयबाट इशान पाण्डेले शतक बनाए पनि टिमको हार टार्न सकेनन् । इशानले ८६ बलमा १०७ रन बनाए । यस्तै, रितेश आग्रीले २६ रन थपे ।

क्रिकेट एक्सिलेन्सका पृथु बास्कोटा, विवेकानन्द सहनी र दयानन्द मण्डलले समान दुई विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङमा आएको क्रिकेट एक्सिलेन्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २६१ रनको योगफल खडा गरेको थियो ।

क्रिकेट एक्सिलेन्सका रितले १२९ बलमा ११३ रन बनाए । विरेन्द्र धनदीले ६७ र पृथु बास्कोटाले ४१ रन थपे । 

ग्रेट हिमालयका इशान पाण्डेले चार विकेट लिए । किरन बुढामगरले तीन र दर्षिल विष्टले एक विकेट हात पारे ।

हारका बाबजुद ग्रेट हिमालयका इशान पाण्डे प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै, महावीरका सोनु देवकोटा उत्कृष्ट ब्याटर बन्दा न्यु भिजनका मनसुन सिंह उत्कृष्ट बलर चुनिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro