site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली युवा टिम र चीनको युनान टोलीबीचको खेल फागुन ३ मा हुने

काठमाडौं । चीनको नयाँ वर्षको अवसरमा आयोजना हुने नेपाली युवा टिम र चीनको युनान युवा फुटबल क्लबबीचको मैत्रीपूर्ण खेल फागुन ३ गते हुने भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावासले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताका निम्ति मुख्य प्रशिक्षक राजेश शाहीको प्रशिक्षणमा नेपालको ४५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छ । प्रतियोगिताको अनुमानित बजेट ३८ लाख ९० हजार रुपैयाँ छ । जसमा अधिकांश खर्च नेपालस्थित चीनको दूतावासले गर्नेछ ।

यसअघि गत वर्ष पनि नेपाली यू–२३ टोली र चीनको तिब्बतियन टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाली टिम ५–१ ले विजयी भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro