site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी सम्झिए रामकृष्णले लता मंगेशकरलाई

काठमाडौं । गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रम गरेका छन् । ढकालले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

कार्यक्रममा सुनील हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजनवीर बज्राचार्य, विनोद गिरीलगायत पेन्टिङ आर्टिस्टहरूले मंगेशकरको प्रत्यक्ष चित्र बनाएका थिए । 

कार्यक्रममा यसअघि ढकाल र मंगेशकरको युगल गायनमा रहेको गीत ‘बाचुञ्जेलीलाई’को लताको एकल स्वरमा सार्वजनिक गरियो । सो अवसरमा गायक ढकालले उक्त गीत रेकर्ड गर्दाको अनुभव सुनाएका थिए । 

“नेपाली गीत संगीतलाई प्रतिनिधित्व गर्दै लतासँग गाउन पाउनु मेरो लागि सौभाग्य हो । यसमा मलाई सहकार्य गर्ने वरिष्ठ गीतकार आनन्द अधिकारी र चर्चित संगीतकार शिखर सन्तोष, संगीत संयोजक किरण कँडेल, छायाकार स्व. विदुर पाण्डे तथा निर्देशक भूषण दाहाललगायतको टिमप्रति आभारी छु,” ढकालले भने । 

ढकालले लताको आवाजमा रेकर्ड भएको अन्तिम गीत पनि यही नै भएकोले झनै महतवपूर्ण रहेको बताए । ढकालले अन्तिम गीतको रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नुको अर्थ संसारभर रहेका लताका समर्थकको लागि विशेष उपहार रहेको बताएको ढकालले प्रेस नोटमा उल्लेख छ । 

यो गीत लताले गाएको तेस्रो नेपाली गीत हो । लताले नेपालका तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहको गीत ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ पहिलो नेपाली गीतको रूपमा गाएकी थिइन् ।  दोस्रो गीत ‘माइतीघर’ चलचित्रको लागि ‘तिमीलाई शुभकामना’ शीर्षकमा गाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro